विदेशबाट फर्किएर देशमै काम गर्न खोज्दै हुनुहुन्छ ? सहुलियत ऋणको लागि निवेदन दिनुहोस्

 मंसिर ६, २०७५ बिहीबार १६:१६:५४ | उज्यालो सहकर्मी

काठमाडौं – तपाईँ विदेशबाट फर्किएर देशमै केही गर्न चाहनुहुन्छ ? तपाईँसँग सीप पनि छ तर साथमा पैसा नभएर समस्या परेको छ ? यदि त्यसो हो भने तपाईँले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सहुलियत ऋणका लागि निवेदन दिन सक्नुहुन्छ । 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेशबाट फर्किएर स्वदेशमै केही गर्न चाहने सीप भएकालाई १० लाख रुपैयाँ सहुलियत ऋण दिन्छ । 

विदेशमा काम गर्दा सिकेको सीप, क्षमता र तपाईँको ज्ञानको आधारमा सरकारले दिने १० लाख रुपैयाँ सहुलियत ऋणका लागि पुस मसान्तसम्म निवेदन दिन बोर्डले सूचना जारी गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्षको बजेट भाषणमा विदेशबाट फर्किएकाको सीप प्रमाणिकरण गर्ने र १० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराउने बताउनुभएको थियो । यसैअनुरुप यसवर्षका लागि ऋण लिन चाहनेले आउँदो पुस अन्तिमसम्ममा निवेदन दिन बोर्डले आग्रह गरेको हो । 

सहुलियत ऋणको लागि बोर्डको वेवसाइट www.fepb.gov.np बाट पनि फारम डाउनलोड गर्न सकिनेछ । निवेदन बोर्डको इमेल ठेगाना [email protected] मा पनि पठाउन सकिनेछ । 

2 Comments

  • निमलाक्पा सेर्पा

    Jan. 2, 2019, 11:51 p.m.

    सर म बिदेश बसेको ७ बर्ष पुग्न लाग्यो, त्यसैले म अब नेपाल मै आएर स्वरोजगार बन्न चाहान्छु /तर के कसरी सम्पर्क गर्ने र अनलाइनबाट फर्म भर्न मिल्छ कि मिल्दैन ? कृपया मिल्छ भने फर्म कसरी पाउने र कुन ठेगानामा पठाउने बताइ दिन सक्नु हुन्छ कि ?

  • रबिन्द्र राेका मगर

    Dec. 19, 2018, 9:46 a.m.

    अनलाइन बाट फारम भर्न कुन प्रकृया छ हाेला ? हाल प्रदेश ७ मा छु।

तपाईको प्रतिक्रिया