डलरको भाउ घट्दा अरु विदेशी मुद्रामा पनि असर, कोरियन वनको मात्रै भाउ बढ्यो

 पुष ५, २०७५ बिहीबार ९:५०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिहीबार डलरको भाउ सामान्य घटेको छ । यसले अरु विदेशी मुद्राको भाउमा समेत प्रभाव पारेको छ । कोरियन वन बाहेक अरु सबै विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ ।

बिहीबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ९५ पैसा छ । बुधबार डलरको खरिददर ११२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११३ रुपैया ०१ पैसा थियो । यही अनुपातमा अरु विदेशी मुद्राको भाउ पनि थोरै पैसाले घटेको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ११ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा तोकिएको छ । 

युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७५ पैसा, मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २७ रुपैयाँ ०३ पैसा, कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ४८ पैसा तथा बहराईन दिनार १ को खरिददर २९८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २९९ रुपैयाँ ६० पैसा तोकिएको छ । 

यी सबै विदेशी मुद्राको भाउ बुधबारको तुलनामा केही पैसाले घटेको हो । तर कोरियन वनको भाउ भने थोरैले मात्र बढेको छ । बिहीबार कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा तोकिएको छ ।
 

तपाईको प्रतिक्रिया