युएईको आबुधाबीमा शुक्रबार स्वास्थ्य शिविर हुने

 पुष ११, २०७५ बुधबार ११:९:६ | उमाकान्त पाण्डे

युएई – एनआरएन युएईले आबुधाबीमा एकदिने स्वास्थ्य शिविर सन्चालन गर्ने भएको छ । आबुधाबीको हमदान स्ट्रिटमा रहेको  अल अहलिया अस्पतालसँगको समन्वयमा स्वास्थ्य शिविर गर्न लागिएको हो । 

एनआरएनको स्वास्थ्य सचेतना अभियान महिना अन्तर्गत गर्न लागिएको स्वास्थ्य शिविरमा कामदार बस्ने क्याम्पबाट शिविरसम्म आउन जान निशुल्क यातायातको सुविधा रहेको आबुधाबी क्षेत्रिय अध्यक्ष दुर्योधन कार्कीले जानकारी दिनुभयो । 

नेपाली चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्ने शिविरमा स्वास्थ्य बीमा कार्ड नहुनेले सेवा लिन पाउने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।
 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया