नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
यूएई – तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको संरक्षणका लागि यूएईमा डम्फू साँझ हुनेभएको छ ।
तामाङ गीत संगीतदेखि चलन चल्तीको चाडपर्व, रीतिरिवाजमासमेत प्रयोग हुने डम्फूको पहिचान ओझेलमा परेको भन्दै डम्फूको प्रचारप्रसार र सांस्कृतिक जगेर्ना गर्न डम्फू साँझको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
‘हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान’ भन्ने मूल नाराकासाथ यही वैशाख ६ गते अर्थात् अप्रिल १९ शुक्रबार दुबईमा डम्फू साँझ गर्न लागिएको हो ।
डेरा दुबईमा रहेको कार्ल्टन टावर होटलमा हुन लागेको साँझमा नेपालबाट तामाङ चलचित्रदेखि सेलो जगतका कलाकार यूएई आउने कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी दिनुभयो ।
सेलो गायिका इन्दिरा गोले, जितु लोप्चन, गायकहरु विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया गायक सुमन घले, तामाङ, नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुस्मा मोक्तानलगायत कार्यक्रमका लागि यूएई आउनेछन् ।
यूएईमा हरेक साता कार्यक्रम भइरहने भए पनि फरक नाम र पहिलो पटक हुन लागेको डम्फू साँझ भने पहिलो पटक हुन लागेको हो । डम्फू साँझ कार्यक्रमका लागि तामाङ समुदायमा सक्रिय युवाहरुले अलग्गै समिति बनाएर काम गरिरहेका छन् ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।