नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । दुई देशका प्रतिनिधिको बिहीबार र शुक्रबार भएको बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति जुटाएका छन् ।
दुई देशबीच नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले नै ब्यहोर्ने, कामदार कार्यस्थलमा रहँदाको सुरक्षा र न्यायमा सहज पहुँचलगायत विषयमा सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
अहिले जुटेको सहमित दुई देशको मन्त्रीस्तरीय बैठकले पारित गरेपछि श्रम सम्झौतामा हस्ताक्षर हुनेछ । हस्ताक्षर कहिले हुने भन्ने टुङ्गो नलागे पनि छिट्टै गर्ने तयारी रहेको मन्त्रालयको भनाई छ ।
अहिले झन्डै १५ हजार नेपाली रोजगारीका लागि ओमानमा रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ ।