नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – बुधबार अमेरिकी डलरसहित रियाल,रिंगिट, दिर्हाम लगायतका विदशी मुद्रा घटेको छ । कोरियन वन भने मंगलबारकै मुल्यमा किनबेच गर्न सकिन्छ।
आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २४ पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो खरिदद१११ रुपैयाँ २८ पैसा र बिक्रीदर १११ रुपैयाँ ८८ पैसा तोकेको थियो ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा छ । हिजो मंगलबार खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसा थियो ।
आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको थियो ।
बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा छ । मंगलबार खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा थियो ।
यस्तै कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३६ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६२ पैसा तोकिएको थियो ।
बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६७ पैसा छ । हिजो खरिददर २९५ रुपैयाँ १८ पैसा र बिक्रीदर २९६ रुपैयाँ ७७ पैसा थियो ।
बुधबार कोरियन वनको भाउ भने मंगलबार जस्तै छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको छ ।