सामाजिक सुरक्षा योजना कार्यान्वयनमा जर्मनीले प्राविधिक सहायता उपलब्ध गराउने

 जेठ १४, २०७६ मंगलबार ११:५१:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि जर्मनी सरकारले प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमबार भएको भेटमा नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड साफेरले सामाजिक सुरक्षा योजनालाई समन्वयात्मक रुपमा कार्यान्यन गर्न आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने बताउनुभएको हो । 

श्रम, रोजगार र सामाजिक सुरक्षाका क्षेत्रमा अघि बढाइएका सुधारका कामबाट आफू प्रभावित भएको पनि उहाँले बताउनुभएको छ । भेटमा मन्त्री विष्टले श्रम तथा आप्रवासका क्षेत्रमा नेपाल सरकारले अघि बढाएका महत्वपूर्ण सुधारका बारेमा राजदूतलाई जानकारी गराउनुभएको थियो । 

साथै नेपाल र जर्मनीबीचको मित्रता, समझदारी र सहयोगका विविध पक्षमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया