नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – मंगलबार डलर, रियाल, दिर्हाम र दिनारको भाउ केही बढेको छ भने रिंगिटको चाहिँ घटेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ १५ पैसा तोकेको छ । सोमबार डलरको खरिददर १११ रुपैयाँ ३९ पैसा र बिक्रीदर पनि १११ रुपैयाँ ९९ पैसा थियो ।
यस्तै मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा छ । सोमबार यसको खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा छ । सोमबार यसको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा छ । सोमबार दिर्हामको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा थियो ।
मलेसियन रिंगिटको भाउ भने सोमबारको तुलनामा केही घटेको छ । मंगलबार रिंगिट १ को खरिददर २६ रुपैयाँ ७० पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ । आइतबार यसको खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा छ ।
कोरियन वनको भाउ भने घटबढ भएको छैन । हिजोजस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा छ ।
मंगलबार कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७३ पैसा छ । हिजो खरिददर ३६६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६२ पैसा थियो ।
यस्तै मंगलबार बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ८८ पैसा र बिक्रीदर २९७ रुपैयाँ ४७ पैसा छ । सोमबार यसको खरिददर २९५ रुपैयाँ ४६ पैसा र खरिददर २९७ रुपैयाँ ०५ पैसा थियो ।