नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल र मलेसियाबीच भएको श्रम समझदारी कार्यान्वयनबारे दुवै देशका प्रतिनिधिबीच छलफल भएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी सभामा सहभागी हुन जेनेभा पुगेका मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनसँग भएको छलफलमा एक महिनाभित्र प्राविधिक टोलीको बैठक गर्ने सहमति भएको हो ।
मलेसियन मन्त्रीसँगको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब महेशप्रसाद दाहाल र सहसचिव रामप्रसाद घिमिरे सहभागी हुनुभएको थियो ।
श्रम समझदारी कार्यान्वयनको लागि बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंग्याउने गरी छलफल भएको घिमिरेले जानकारी दिनुभयो । गएको कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारी भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
पहिलो प्राविधिक टोलीले कामदार लैजानेबारे ढाँचा तयार पारे पनि अरु प्रक्रियागत विषय टुंगो लाग्न बाँकी छ । सरकारले मलेसियामा कामदार पठाउन रोक लगाएको एक वर्षभन्दा बढी भैसकेको छ ।