नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - साउदी अरबमा रहेको नेपाली दूतावासले कामदारका समस्या र गुनासो सुन्न छुट्टै कर्मचारी तोकेको छ ।
दूतावासका द्वितीय सचिव तारा गौतमलाई गुनासो सुन्ने अधिकारी तोकिएको दूतावासले जनाएको छ । दूतावासकाअनुसार साउदी अरबका विभिन्न ठाउँमा वैदेशिक रोजगारीको सिलसिलामा रहेका नेपाली र विशेषगरी नेपाली महिलाले भोग्नुपरेका रोजगारीसँग सम्बन्धित समस्या समाधानको लागि छुट्टै कर्मचारी तोकिएको हो ।
गुनासो या समस्या भएका फोन नं. ०५३४३४३१९१ र ईमेल [email protected], [email protected] मा सम्पर्क गर्न दूतावासले भनेको छ ।