नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
यूएई – यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ ।
ज्यान जाने नेपालीहरुमा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पाेखरेल, दीपक विक र नयराम साउद रहेकाे यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुकाे नेपालस्थित ठेगाना भने खुलेकाे छैन ।
फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो । ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।
दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्याइएको छ ।
दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भैरहेको श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिनुभयो ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।
BINAYA BARAM
Oct. 1, 2019, 1:19 p.m.So sad news #Binaya
reshamkc Kc
Sept. 30, 2019, 9:03 p.m.अति नै दु:खद खबर मृताअत्माको चिर सान्तिको कामाना