मलेसियन रिंगिट र कोरियन वनको भाउ बढ्यो, अरु मुद्रा भने घट्यो

 कात्तिक १९, २०७६ मंगलबार १०:४०:७ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार मलेसियन रिंगिट र कोरियन वन र ओमानी रियालको भाउ बढेको छ । अरु मुद्राको भाउ भने घटेको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो डलरको खरिददर १३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो । 

आज मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो । 

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ २० पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको थियो । 
रिंगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा बिक्रीदर २७ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो हिजो खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा रहेको थियो  । 

वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ०४ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४४ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ १७ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको थियो ।


 

तपाईको प्रतिक्रिया