नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बिहीबार अपराह्न मन्त्रालय पुगेर पदबहाली गर्नुभएको छ ।
बिहीबार बिहान पद तथा गोपनीयताको शपथ लिएर अपराह्नमात्र मन्त्रालय पुग्नुभएका उहाँलाई सचिव विनोद केसीलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो । पदबहालीलगत्तै मन्त्री यादवले एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमाका लागि कानुन मन्त्रालयको राय लिनेसम्बन्धी निर्णय सदर गर्नुभयो ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफू केन्द्रित हुने बताउनुभयो ।
अदक्ष कामदार वैदेशिक रोजगारीमा जाँदा देशले ठूलो क्षति ब्यहोर्नुपरेको भन्दै उहाँले सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरिने बताउनुभयो ।
यसअघिका श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टकाे ठाउँमा यादव आउनुभएकाे हाे ।