नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई निःशुल्क सीप परीक्षणको व्यवस्था गरेको छ । आफू गएको देशबाट सिकेर ल्याएको सीपको निःशुल्क परीक्षण गरी प्रमाणपत्र लिन वैदेशिक रोजगार बोर्डले आह्वान पनि गरेको छ ।
सीप परीक्षण्को लागि आउँदो पुष ११ गतेभित्र निवेदन पेश गरिसक्नुपर्ने बोर्डले जनाएको छ । बोर्डकाअनुसार मंसिर १२ गते गोरखापत्रमा प्रकाशित भएको सूचना वा बोर्डको साइट र राष्ट्रिय सीप परीक्षण समितिको वेबसाइटमा रहेको सूचना बमोजिम सातै प्रदेशबाट आवेदन फारम संकलन हुनेछ ।
यस्तै वैदेशिक रोजगारबाट फर्किएका कामदारको हकमा नियमअनुसारको सीप परीक्षण शुल्क, सीप उत्तीर्ण प्रमाणपत्र, प्रवेशपत्र तथा राहदानीको आधारमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट सोधभर्ना पनि दिइने बोर्डले जनाएको छ ।