नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले गन्तव्य देशसँग भएका समझदारी र अन्तर्राष्ट्रिय मञ्चमा गरिएका प्रतिवद्धता कार्यान्वयन गर्न माग गरेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा मंगलबार जिफन्टले कठमाण्डौमा कार्यक्रम गरेर श्रम मन्त्री परिवर्तन हुँदैमा पहिले गरिएका निर्णयहरु लागू गर्दिन भन्ने सुनिएको भन्दै यसअघि भएका निर्णयहरु कार्यान्यनका लागि माग गरेको हो ।
मन्त्री परिवर्तन हुँदैमा श्रमिकका हितमा यसअघि गरिएका निर्णयहरु कार्यान्वयन नगर्ने कार्य स्वीकार्य नहुने भन्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले त्यसो भएमा श्रमिकहरु त्यहीअनुसार अघि बढ्ने पनि बताउनुभयो ।
सबै श्रमिकलाई समेट्ने गरी कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कार्यक्रममा विदेश जाने श्रमिकलाई पनि समेट्नुपर्ने आवश्यकता रहेको भन्दै श्रेष्ठले त्यसका लागि पहल गर्ने पनि बताउनुभयो ।
वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा पर्ने गरेकाले समस्या समाधानका लागि अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०को स्वच्छ भर्नाको मापदण्डलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो ।
श्रमिकको सुरक्षाका लागि यो वर्ष सरकारले यूएई र मरिसस्सँग शून्य लागतको श्रम समझदारी गरेको छ । आईएलओको स्वच्छ भर्नाको मापदण्ड अनुसार नै श्रम समझदारी भए पनि कार्यान्वयन पक्ष भने फितलो छ ।
सरकारले शून्य लागतमा श्रमिक जान पाउनेगरी श्रम समझदारी गरेकै देशमा श्रमिक पठाउन म्यानपावरले लाखौं रकम लिइरहेका छन् । सीप सिकाएर मात्रै वैदेशिक रोजगारीमा सरकारको लक्ष्य छ ।
यो वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसलाई सरकारले सीप र रोजगारीमा केन्द्रित गरेको छ । तर अदक्ष श्रमिक नै बढी वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याँकअनुसार गएको वर्ष पाँच लाख ८ हजार ८ सय श्रमिकले विदेश जान अन्तिम श्रम स्वीकृति लिएकोमा दुई लाख ८५ हजारभन्दा धेरै अदक्ष श्रमिक गएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाले आप्रवासी श्रमिक र परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा हरेक वर्ष डिसेम्बर १८ का दिनलाई विश्वभर आप्रवासन दिवसका रूपमा मनाउने गरिन्छ ।