नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
यूएई – यूएईमा कार्यरत नेपालीका लागि भनेर शुक्रबार सञ्चालित स्वास्थ्य शिविरमा २ सय ३० जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।
नेपाली समाज यूएई र दुबईको रशिदिया पोलिक्लिनिकको सहयोगमा बरदुबईमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा सहभागी धेरैले रक्तचाप, रगत परीक्षण, मधुमेह, दाँत, थाइराइड लगायतका स्वास्थ्य समस्या जाँच गरेको समाजका अध्यक्ष गोविन्द ढकालले बताउनुभयो ।
यूएईमा रहेका नेपालीहरुमा स्वास्थ्य सचेतना जगाउनको लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको नेपाली समाज यूएईले जनाएको छ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।