नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगार विभागले श्रम स्वीकृति बन्द नभएको प्रष्ट पारेको छ ।
मान्यताप्राप्त देशमा जानको लागि श्रम कार्यालयले श्रम र पुनः श्रम स्वीकृति सहजै प्रदान गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनुभयो ।
‘पहिले जहाँबाट जसरी श्रम स्वीकृति पाइन्थ्यो अहिले पनि त्यसैगरी पाइन्छ’ दाहालले भन्नुभयो ।
गएको मंगलबार बिहान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले कोरोना भाइरसको संक्रमणको कारण श्रम स्वीकृति दिन बन्द गरिएको जानकारी गराउनुभएको थियो । त्यही दिन बेलुकी उहाँ आफैंले बन्द नभएको जानकारी गराउनुभयो ।
मन्त्रीको यही दोहोरो कुराले वैदेशिक रोजगारीमा रहेका धेरै नेपालीहरुमा अन्यौल भएको छ ।
यसै कारणले कतारमा रहेका नेपाली श्रमिकहरुले यसबारे बुझ्न दूतावासमा फोन गर्न थालेपछि बिहीबार दूतावासले पनि श्रम स्वीकृति बन्द नगरिएको प्रष्ट पारेको थियो ।
श्रम स्वीकृति नै बन्द नभए पनि अहिलेलाई वैदेशिक रोजगारीको लागि कोरोना प्रभावित देशमा नगएकै राम्रो हुने दाहालले बताउनुभयो ।
वैदेशिक रोजगार विभागले कोरोना प्रभावित देशहरुहरुबाट र यी देशको ट्रान्जिट भएर स्वेदश फर्किने नेपाली कामदारले १४ दिनसम्म आफ्नो घरबाट बाहिर नजान र कसैसँग घुलमिल नगर्न पनि सुझाव दिएको छ ।