नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - पछिल्लो दश वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४० लाख पुगेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गर्दै दश वर्षमा मात्रै ४० लाख नेपालीहरु श्रम गर्न विदेशिएको बताएको हो ।
तथ्याङ्कअनुसार अहिलेसम्म १ सय ३२ भन्दा बढी देशमा नेपाली श्रमिकहरु श्रम गर्न पुगेका छन् । सन् २००८/०९ देखि सन २०१३/१४ सम्ममा प्रत्येक वर्ष औषतमा ५ लाखभन्दा बढी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । त्यसपछि भने यो संख्या कम हुँदै गएको छ ।
सन २०१८/१९ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या २ लाख ३६ हजार २ सय ८ जना छ । त्यस्तै गत वर्ष यस्तो संख्या ३ लाख ५४ हजार ९८ रहेको थियो ।
वैदेशिक रोजगारीमा जानेहरुमध्ये ८८ प्रतिशत मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा रहेको पाइएको छ । ८० प्रतिशतभन्दा बढी १८ देखि ३५ वर्ष उमेर समूहका मानिसहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
त्यस्तै सन २०१८/१९ मा ५९ प्रतिशत अदक्ष श्रमिकहरु वैदेशिक रोजगारीमा गएका छन् । मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारीमा जाने श्रमिकको क्षमता बढाउनुपर्ने प्रतिवेदनले देखाएको बताउनुभयो ।