नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – के तपाईं वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय सञ्चालन गरिरहनुभएको छ ? यदि हुनुहुन्छ भने तपाईं राष्ट्रिय स्तरको पुरस्कारको लागि आवेदन दिन सक्नुहुन्छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका उद्यमीहरुलाई उनीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गर्न लागेको हो ।
‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ । श्रमिक भिसामा विदेश गई कम्तिमा एक वर्ष काम गरी फर्किएर व्यवसाय गरेकाहरुले आवेदन दिन सक्छन् । चैत २३ गतेभित्र आवेदन भरेर पठाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ ।
आवेदन दिन चाहनेले कार्यालय समयभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन सक्नुहुन्छ । तथा मन्त्रालयको वेबसाइटमा गएर आवेदनका ढाँचा डाउनलोड गरी त्यहीअनुरुप मन्त्रालयको इमेलमा पठाउन सक्नुहुन्छ ।
आवेदनसँगै नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको पासपोर्टको प्रतिलिपि पनि अनिवार्य पेश गर्नुपर्ने हुन्छ । यस्तै व्यवसाय दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणको प्रतिलिपि, आर्थिक वर्ष २०७५/७६ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि साथमा पठाउनुपर्नेछ ।
आवेदन डाउनलाेड यहाँबाट गर्नुहाेस् ।
surendra bdr thapa
March 15, 2020, 1:37 p.m.यो न्युज अपुरो भयो, कुन चाहिं वेबसाइटमा गएर फर्म डाउनलोड गर्ने हो त्यो पनि थाहा हुनु पर्यो , त्यो भयो भने फर्म भर्न चाहने मानिसको लागि सजिलो हुने थियो /