कोरोनाको असर : यूएईको नेपाली दूतावासले रोक्यो मागपत्र प्रमाणीकरणको काम

 चैत ३, २०७६ सोमबार ११:५४:४४ | उज्यालो सहकर्मी

यूएई – नेपाली दूतावास यूएईले श्रमिकको मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने भएको छ ।

कोरोनाको जोखिमका कारण श्रमिकको मागपत्र प्रमाणीकरणको काम मंगलबारदेखि बन्द गर्ने यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । मंगलबारदेखि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने दूतावासले जनाएको छ ।

ट्राभल डकुमेन्ट, शव नेपाल पठाउने, एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउनेजस्ता आवश्यक सेवा भने दूतावासले दिनेछ । सरकारले फागुन २९ गतेदेखि विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र कन्सुलर सम्बन्धीका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

तपाईको प्रतिक्रिया