नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – यूएईमा घुम्न जानुभएको छ र भिसा अवधि सकिंदा नि स्वदेश फर्कन नपाएर चिन्तामा हुनुहुन्छ ? यस्तो अवस्थामा रहेका पर्यटकलाई यूएईले कानुन अनुसार नै बस्न पाउने बताएको छ ।
अहिले कोरोना भाइरसको सङक्रमणका कारण विभिन्न देशले उडान रद्द गरेको र प्रवेशमा पनि प्रतिबन्ध लगाएका कारण नेपालीसहित अरु देशका नागरिक पनि आफनो देश फर्कन सक्ने अवस्था छैन ।
त्यसैले यस्तो अवस्था हुने विदेशी नागरिकलाई समय थप गरिदिने र कानुनअनुसार नै बस्न पाइने यूएईको सरकारी निकायले जनाएको छ । यसका लागि केही दिनमै नयाँ प्रावधान जारी गर्ने भएकाले नआत्तिन यूएईले आग्रह गरेको छ । यस विषयमा छलफल भइरहेको र कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न यूएईमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
Arbindsingh Bist
March 27, 2020, 3:30 p.m.म दुबै मा छु मेराे समस्या म असाेस्थ छु र म काम गरि रहेकाे कमपनि ले मेडिकल गराएकाे छैन म सङग मेडिकल गराउनेपैषा नि छैन का जाने त्याेपनि था छैन म भिजिटमा दुबै अाकाे हु अब मैले केगरने मलाइ बचाउनु पर्याे राजदुत महाेदय
Manoj kumar
March 24, 2020, 4:49 p.m.हामी हाम्रो रहरले बस्न चाहेका छैनौं / भिसा सकिनु अगाडि नै आफ्नो मुलुक फर्कन चाहन्थेँ/ यस्तो अवस्थामा हामीसंग रोजगार छैन , खाना खाने पैसा जुटाउने कि भिसा थप्न पैसा जुटाउने ??मानवता दर्शाउने गरि यु ए इ सरकारले निर्णय लिओस, हाम्रो इच्छा यति हो /