नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
यूएई - संयुक्त अरब इमिरेट्स (यूएई)मा थप दुई जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । मंगलबार यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले नयाँ दुई नेपालीसहित ५३ जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ ।
योसँगै यूएईमा जम्मा सङ्क्रमितको संख्या ६ सय ६४ पुगेको छ । यूएईमा फागुन २६ (मार्च ९) मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रममित फेला परेका थिए ।
त्यस्तै चैत १४ ९मार्च २७० मा थप दुई जना नेपालीसहित ७२ जना र चैत १५ ९मार्च २८० मा दुई जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेका थिए ।सङ्क्रमित भएकामध्ये दुई जना नेपाली निको भैसकेका छन् ।
बाँकी ६ जनाको अवस्था सामान्य रहेकोले आइसोलेसनमा राखेर उपचार भइरहेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रीता धितालले जानकारी दिनुभयो ।
Sara
April 1, 2020, 2:23 a.m.नसरोस् पनि कसरी एउटै कोठामा दस जना कामदार लाइ राखे पछि... get well soon b safe n b strong