साउदीमा हुनुहुन्छ ? कोरोनाको अपुष्ट जानकारी शेयर नगर्नुहोस्

 चैत २९, २०७६ शनिबार १३:५४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा रहेका नेपालीलाई कोरोना सङ्क्रमण भएको आधिकारी पुष्टि नभएसम्म एकअर्कालाई शेयर नगर्न र आवाज रेकर्ड गरेर नपठाउन साउदीस्थित नेपाली दूतावासले सचेत गराएको छ । कोरोना सम्बन्धी अफवाह फैलाउने समाचार तथा जानकारी शेयर गरेको प्रमाणित भएमा साउदी सरकारले कडा कारबाही गर्नेछ ।

कोही व्यक्तिमा कोरानाको सङ्क्रमण भएको जानकारी पाएमा नेपाली दूतावास वा नेपाली समुदायसँग आधिकारिक जानकारी लिन पनि दूतावासले अनुरोध गरेको छ। आफूलाई कोरोनाको शंका लागेमा आफू कार्यरत कम्पनीमार्फत तोकिएको स्वास्थ्य संस्थामा परीक्षण गराउनु पर्छ ।

साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै साउदीको स्वास्थ्य मन्त्रालयले सबैले सावधानी नअपनाएमा नियन्त्रण हुन कठिन हुने चेतावानी दिएको छ । त्यसैले विदेशी नागरिकसँग काम गर्दा, हिँड्डुल गर्दा विशेष सावधानी अपनाउन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया