नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
यूएईको मानव संशाधन तथा इमिरेटिजेसन मन्त्रालयले आफ्ना मित्र राष्ट्रहरुसँगको वर्तमान श्रम समझदारीको बारेमा अध्ययन गरिरहेको जनाएको छ ।
यूएईमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन चाहेको खण्डमा नफर्काए त्यस्ता देशसँग श्रम समझदारी रद्द गर्न सक्ने त्यहाँको मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय पत्रिका खलिज टाइमले लेखेको छ ।
यूएई सरकारले यदि निजी क्षेत्रका श्रमिक घर फर्कन चाहेमा फिर्ता पठाउने नियम ल्याएकाे छ । घर फर्किन चाहने निजी क्षेत्रका प्रवासी कामदारलाई स्वदेश नफर्काउने देशको श्रम समझदारीमाथि पुनरावलोकन गरिने संशाधान मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण फैलिएपछि यूएई सरकारले घर फर्किन गरेको अनुरोधको कसैले पनि पालना नगरेपछि आफूहरुले यस्तो कदम चाल्नुपरेको ती अधिकारीको भनाइ छ ।
अहिले अध्ययन गरिरहेको नयाँ विकल्पमा स्वदेश फर्किन चाहने आफ्ना नागरिकलाई स्वदेश नफर्काएमा श्रम सम्झौता रद्द हुनुका साथै भविष्यमा रोजगारीमाथि पनि प्रतिबन्ध लगाइने जनाइएको छ ।
यूएईमा काम गर्ने आफ्नो देशका नागरिकप्रतिको जिम्मेवारी वहन गर्ने विषयलाई यस अध्ययनले जोड दिएको छ ।
खाडी र मलेसियामा साेमबारकाे कोरोना अपडेट : सङ्क्रमितकाे सङ्ख्या १९ हजार नाघ्याे, ४९ नेपालीमा सङ्क्रमण |