आबुधाबीबाट आफ्ना श्रमिक बाहिर पठाउने कम्पनीलाई कारबाही हुने

 वैशाख ३, २०७७ बुधबार १०:५९:१ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएईको आबुधाबीमा रहेका कम्पनीहरुले आफ्ना श्रमिक त्यहाँबाट बाहिर पठाउन नपाउने भएका छन् ।

कोरोना सङ्क्रमणको जोखिमलाई रोक्न यो नियम लागू गरिएको अबुधाबीमा रहेको आर्थिक विकास विभागलाई उद्धृत गदै त्यहाँको स्थानीय पत्रिका गल्फ न्यूजले लेखेको छ ।

नियमको पालना नगरेमा तीनदेखि १० हजार दिर्हामसम्म जरिबाना हुने साथै कम्पनी पनि बन्द हुन सक्ने विभागका प्रवक्ताले बताएका छन् ।

श्रमिकहरु एउटै ठाउँमा भइरहे कोभिड १९ को सङ्क्रमणलाई रोक्न सकिने, तर कामदारलाई आफ्ना ‘वर्कसाइट’ ९कार्यस्थल० तथा अन्य ठाउँतिर पठाउँदा सङ्क्रमणलाई नियन्त्रण गर्न चुनौतीपूर्ण हुने उनले बताएका छन् । 

यस्तै यूएईका अरु प्रान्तबाट आबुधाबीमा श्रमिकलाई प्रवेशमा पनि विभागले रोक लगाएको छ ।

 

तपाईको प्रतिक्रिया