अलपत्र परेका श्रमिकलाई सहयोगको उचित प्रबन्ध गरिनुपर्छ : पूर्व श्रममन्त्री विष्ट

 वैशाख ५, २०७७ शुक्रबार १५:५०:४७ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेकपाका नेता एवं पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकहरु अलपत्र परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

यस्तो अवस्थामा समस्यामा परेका  श्रमिकहरुको उद्धार र पुनर्स्थापनाको व्यवस्था गरिनुपर्ने उहाँको भनाई छ । जोखिमपूर्ण अवस्थामा रहेका श्रमिकहरुको विवरण तयार गरेर सम्बन्धित क्षेत्रलाई जिम्मेवार बनाइ श्रमिकको पक्षमा कदम चाल्न उहाँले आफ्नो फेसबुक पेजमार्फत आग्रह गर्नुभएको छ ।

श्रमिकहरू रहेका सम्बन्धित पालिकामार्फत खाने बस्ने कुराको भरपर्दो व्यवस्था मिलाउन र बाटोमा अलपत्र परेका श्रमिकहरूलाई सहयोगको उचित प्रबन्ध गर्न सरकारले प्रभावकारी उपाय अपनाउन उहाँले सुझाउनुभएको छ ।

 

 

तपाईको प्रतिक्रिया