साउदीमा कम्पनीले खान बस्न नदिएको र असुरक्षित भएको श्रमिकको गुनासो

 वैशाख ५, २०७७ शुक्रबार १७:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा कार्यरत धेरैले कम्पनीले खानबस्न नदिएको र घर जाने फारम भराएको गुनासो गरेका छन् । साउदीमा रहेको नेपाली दूतावासमा धेरैले कम्पनीमा काम गर्ने वातावरण असुक्षित भएको र कम्पनीले खान र बस्नको समेत व्यवस्था नगरेको गुनासो गरेका छन् ।

यस्तो समस्या दूतावासमा राख्दा आफू कार्यरत कम्पनीको नाम, काम गरेको अवधि, अहिलेको समस्या र त्यहाँ समस्यामा पर्ने अरु नेपालीको सङ्ख्यासहित जानकारी गराउन दूतावासले अनुरोध गरेको छ ।

आफूलाई परेको समस्या दूतावासको हटलाइन नम्बर ०५५९३८९६०० मा फोन गरेर टिपाउन र आफ्नो समस्या यही नम्बरमा ह्वाट्स्याप पनि गर्न सकिने दूतावासले जनाएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न आफू रहेको स्थानमा सुरक्षितसाथ रहन र परेका समस्या दूतावास समक्ष राख्न भनिएको छ । लिखित रुपमा आएका समस्या समाधनका लागि पहल गर्ने दूतावासले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया