साउदीमा घर फर्कन पाउँ भन्दै दूतावास पुग्ने श्रमिक बढे

 वैशाख १८, २०७७ बिहीबार १७:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा कोरोनाका कारण विभिन्न समस्यामा परेर घर फर्कन पाउँ भन्दै गुनासो गर्नेको संख्या बढेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार रोजगारी गुमाएर, एक्जिट, बिदा वा पुनः साउदी फर्कने गरी नेपाल जाने प्रबन्ध गरिदिन अनुरोध गर्दै ठूलो संख्यामा नेपालीहरु कामदारहरु दूतावास पुग्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय उडान नखुलेसम्म नेपाल फर्काउन नसकिने र परेका समस्या समाधन गरिने भन्दै दूतावासले सम्झाउने गरेको छ ।

समस्या टिपाउन दूतावासको आग्रह

दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई आफ्ना वास्तविक समस्याहरु दूतावासमा सम्पर्क गरेर टिपाउन आग्रह गरेको छ ।

दूतावासले संकलन गरेको अभिलेख महत्वपूर्ण हुने भएकाले समस्या समाधानमा आफू समेत जिम्मेवार भई वास्तविक समस्या टिपाउन दूतावासले अनुरोध गरेको हो ।

नेपाली महावाणिज्यदूतावास जेद्दाको कार्यक्षेत्र (मक्का, मदिना जेद्दा, आभा खमिस, असिर, जिजान, नजरान) भित्र कार्यरत नेपालीलाई महावाणिज्यदूतावासमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

महावाणिज्यदूतावास कर्मचारी : ०१२६२२६६६५, ०५५८७८६३२७, ०५५९६८०२५३

स्थानीय कर्मचारी : ०५५११४२३४५, ०५३०४५२४२५, ०५९०६६३६४६

आभा खमिस तथा असिर प्रतिनिधि : ०५३६८९९५७८

जिजान प्रतिनिधि : ०५०७०८५२९७

नेपाली राजदूतावास रियादको कार्यक्षेत्र भित्र कार्यरत नेपालीहरुलाई नेपाली राजदूतावास रियादको ९०११४६१११०८, ०५५९३८९६००९ह्वाट्ससमेत०, ०५०००३१७०५, ०५०००३४७८६ र दूतावासको वेबसाइटमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

दूतावासले सम्पर्कका अन्य माध्यमका अतिरिक्त टेलिफोन मार्फत् पनि समस्या टिपाउन अनुरोध गरेको छ ।

यस्तै दूतावासले साउदी अरबका विभिन्न स्थानहरु खासगरी रियाद, खर्ज, दम्माम, खोवर, जुवेल, अलहासा, कसिम क्षेत्रमा कोरोना भाइरसको संक्रमण लगायतका कारण समस्यामा परेका नेपालीहरुलाई आवास एवं खाद्यान्नको व्यवस्था गर्न गैरआवासीय नेपाली संघ, नेपाली समुदाय र केही इजाजतपत्रवालाबाट भइरहेको सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ ।

इजाजतपत्रवालाहरुले साउदी अरबमा रहेका आफ्ना प्रतिनिधिहरुलाई अबिलम्व टेलिफोनमा सम्पर्क गर्न लगाइदिन पनि दूतावासले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया