कोरोनाको जोखिमका बेला ह्वाट्सएपमा आउने झुटाे म्यासेजबाट बच्न आबुधावी प्रहरीको अनुरोध

 वैशाख २०, २०७७ शनिबार १७:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आबुधावी प्रहरीले यूएईमा हुनेलाई ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर म्यासेज आएमा त्यसबाट बच्न अनुरोध गरेको छ ।

यूएईमा कुनै आपराधिक समूहले ह्वाट्स्एप लगायतका माध्यमबाट उपहार परेको, जागिरको अफर दिने, किनेमेलमा छुट हुने लगायत विभिन्न गलत प्रलोभन देखाउँदै म्यासेज गर्ने गरेको भन्दै यसबाट बच्न प्रहरीले अनुरोध गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमणका बेला यस्तो अफर आएको भन्दै म्यासेज गर्ने र त्यसमा क्लिक गरेर उसले भनेअनुसार गरेमा व्यक्तिगत विवरणदेखि विभिन्न डाटाहरु ह्याक गर्ने भएकाले यस्तो म्यासेजबाट बच्न प्रहरीको अनुरोध छ ।

यस्तो म्यासेज कुनै पनि माध्यमबाट आएमा प्रहरीलाई ९९९ मा अथवा ८००२६२६ मा फोन गरेर रिपोर्ट गर्न र २८२८ मा म्यासेज गर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया