श्रम मन्त्रालयको साढे १४ लाख कोरोना नियन्त्रण कोषमा

 वैशाख २५, २०७७ बिहीबार १७:४१:० | उज्यालो सहकर्मी

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा मातहतका पाँच निकायमा कार्यरत कर्मचारीले कोरोना नियन्त्रण कोषमा सहयोग गरेका छन् ।

यी निकायका सबै तहका कर्मचारीहरुबाट कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १४ लाख ५१ हजार ९६७ रुपैयाँ जम्मा गरेकोे मन्त्रालयले जनाएको छ ।
सबै तहका सचिव र सहसचिवको सात दिनको तलब पनि राहत कोषमा जम्मा गरिएको हो । उप–सचिव र शाखा–अधिकृतको ५ दिन र अन्य कर्मचारीको ३ दिनको तलब रकम जम्मा गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया