विदेशमा नेपालीको अवस्थाबारे जानकारी लिइरहेका छौं : अर्थमन्त्री खतिवडा

 वैशाख २९, २०७७ सोमबार २०:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन समस्या रहेको जनाएको छ। राष्ट्रियसभाको बैठकमा नयाँ आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले हवाई उडान सञ्चालन गर्नु जोखिमयुक्त नै हुने भएकाले जो जहाँ छ त्यहीँ सुरक्षित बस्न आग्रह गर्नुभयो ।

नेपालीको अवस्थाबारे दूतावासमार्फत दिनहुँ जानकारी लिइरहेको भन्दै उहाँँले उनीहरुलाई राहत दिनुपर्ने भए नेपाल सरकारले नै उपलब्ध गराउने बताउनुभयो। 

अहिले कोरोनाको संक्रमणलाई पहिलो जोखिमको रुपमा हेर्नुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया