जापान र हङकङको भिसा भएका ६ सय जनालाई चार्टर्ड जहाजमार्फत फर्कन दिइने

 जेठ २, २०७७ शुक्रबार १६:४५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जापान र हङकङको भिसा भएकालाई सरकारले फर्कन दिने भएको छ ।

शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले कामको सिलसिलामा हङकङ र जापान बस्दै आएका तर लकडाउनका कारण नेपालमा रोकिएका नेपाली नागरिकलाई चार्टर्ड उडानमार्फत पठाउने निर्णय गरेका हो ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाउँदै लकडाउन गरेपछि जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पूरा गरी पठाउने निर्णय गरेको हो । जापान र हङकङमा स्थायी बसोबास भएका तथा घुम्न तथा छुट्टीमा आएकाहरूलाई आफ्नै खर्चमा फर्कन दिने निर्णय भएको हो ।

तपाईको प्रतिक्रिया