सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने गृह मन्त्राल...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – बहराइनमा एक नेपालीको कोरोनाका कारण ज्यान गएको भनेर चलेको हल्ला सत्य नभएको नेपाली दूतावासले प्रष्ट पारेको छ । दूतावासले ती नेपालीको कोरोनाको कारण ज्यान नगएको प्रष्ट पारेको हो ।
बहराइनको आधिकारिक निकायबाट प्राप्त सूचनाअनुसार मे महिनाको पहिलो हप्ता पानीमा डुबेर ती व्यक्तिले ज्यान गुमाएको दूतावासले जनाएको छ । सम्बन्धित सबै कागजात दूतावासमा सुरक्षित रहेको भन्दै दूतावासले भविष्यमा यस्ता भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
यस्तै अहिलेसम्म बहराइनमा कोरोनाका कारण कुनै पनि नेपालीको ज्यान नगएको पनि दूतावासले प्रष्ट पारेको छ ।
बहराइनमा रहेको नेपाली दूतावास तथा विभिन्न संघसंस्थाबीच विविध क्रियाकलापमा सहयोग तथा सहकार्य आदानप्रदान हुँदै आएकोमा भविष्यमा पनि यसको निरन्तरता हुने पनि दूतावासले जनाएको छ ।