नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले बेरोजगार व्यक्तिलाई सूचीकृत हुनका लागि एक महिनाको समय दिएको छ ।
बेरोजगार व्यक्तिले आफ्नो विवरणसहित सम्बन्धित वडामा साउन ८ गतेदेखि भदौ ७ गतेसम्म निवेदन दिन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले बेरोजगार व्यक्तिको सूचीकरण गएको चैत १ गतेदेखि गर्ने भनिए पनि कोरोनाको कारण प्रभावित भएपछि अहिले एक महिनाको समय दिएर सूचीकृत हुन भनेको हो ।
सबै पालिका र नगरपालिकालाई बेरोजगार व्यक्तिको विवरण संकलन गरेर बेरोजगार व्यक्तिको सूचीकरणको आवश्यक व्यवस्था गर्न अनुरोध गरिसकिएको मन्त्रालयले जनाएको छ । बेरोजगार व्यक्तिले आफ्नो सम्बन्धित वडामा गएर निवेदन दिन सक्नेछन् ।