कर्मचारीमा कोरोना देखिएपछि बोर्डबाट आर्थिक सहायता दिन बन्द, पालिकाबाट निवेदन दिन सकिने

 असोज १८, २०७७ आइतबार १५:४६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता सेवा बन्द भएको छ ।

अर्को सूचना जारी नहुँदासम्मका लागि बोर्डबाट प्रदान हुने आर्थिक सहायता बन्द गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । तर बोर्डबाट प्रदान हुने आर्थिक सहायताका लागि आवश्यक कागजातसहित सम्बन्धित पालिकाबाट निवेदन दिन सकिने बोर्डले जनाएको छ ।

व्यक्तिले दिएको निवेदन सम्बन्धित पालिकाले रुजु गरी आफ्नो आधिकारिक इमेलमार्फत वैदेशिक रोजगार बोर्डको ष्लाय२ाभउद।नयख।लउ मा पठाउन सकिने छ । यसरी प्राप्त निवेदन बोर्डले रुजु गरी सम्बन्धित व्यक्तिको खातामा बोर्डले पठाइदिनेछ ।

आर्थिक सहायता सेवा बन्द भए पनि अत्यावश्यक शव ढुवानी सेवा भने खुल्ला रहेको छ । शव ढुवानीका लागि वैदेशिक रोजगार बोर्डमा ९८४१७५५४५१ र ९८५१२२६४१९ मा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया