युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – कोभिड–१९ का कारण यो हप्ता थप छ जना गैरआवासीय नेपालीको ज्यान गएको छ ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या दुई सय ९९ पुगेको छ । अहिलेसम्म विभिन्न १९ देशमा रहेका नेपालीको ज्यान गएको हो ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो हप्ता साउदी अरबमा चार, पोर्चुगलमा एक र यूकेमा एक नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको हो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो हप्ता जापान, यूके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
शनिबार साँझसम्म विभिन्न ४५ देशमा ४७ हजार पाँच सय ८३ गैरआवासीय नेपाली सङ्क्रमित भएकामा हालसम्म ४३ हजार ५७४ कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् । यो कूल सङ्क्रमितमध्येको ९१ प्रतिशत रहेको छ ।