युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति लिएर मात्र गन्तव्य देशको टिकट काट्न आग्रह गरेको छ ।
आफूले टिकट काटिसकेको र आजै फ्लाइट छ भनेर टोकन अगाडि सार्ने गर्दा अरु कामहरु पछि धेकिलिने भएकाले कार्यालयको कार्यसम्पादनमा प्रश्न उठ्ने भन्दै यसो नगर्न कार्यालयले आग्रह गरेको हो ।
यही कुरालाई मध्यनजर गर्दै कार्यालयले हिजो आइतबारबाट दैनिक तीन सय टोकन जारी गर्ने व्यवस्था गेरेको छ । अब ‘आज मेरो फ्लाइट छ’ भन्दै श्रम स्वीकृति लिन आउनेलाई कुनै पनि बहानामा टोकन अगाडि सार्ने काम बन्द गरिएको कार्यालयले जनाएको छ ।
श्रम स्वीकृति नलिई टिकट आदि व्यवस्था नगर्न र त्यसरी टिकट लिई श्रम स्वीकृति हुन नसकेमा आफू जवाफदेही नहुने पनि वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।