युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – गएको महिना ९ हजार बढी नेपाली श्रमिकले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार फागुनमा ८ सय ३० महिलासहित ९ हजार १ सय ४६ जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् । रोजगारीको लागि सबैभन्दा बढी कतारमा ४ हजार ७४ जना र यूएई जानको लागि एक हजार ४ सय ८५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यस्तै एक हजार ४ सय २४ जनाले साउदी अरब रोजेका छन् ।
नेपालकाे तराईंका जिल्लाबाट वैदेशिक रोजगारीमा धेरै जाने गरेको पाइएको छ । यस पटक पनि सिरहाबाट ६ सय ९२ जना, धनुषाबाट ६ सय ३४ र झापाबाट ४ सय २२ जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।