युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
यूएई – संयुक्त अरब एमिरेट्स यूएईमा एमआरपी पासपोर्ट नवीकरणका लागि घुम्ती सेवा सुरु गरिएको छ । स्थानीय कानुन अनुसार यूएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएशन(एनए)ले यूएईका विभिन्न राज्यहरुमा घुम्ती सेवा सुरु गरेको हो ।
नेपाल एसोसिएसनले यहाँको कम्युनिटी डेभलपमेण्ट अथोरिटीसँग अनुमति लिएर यूएईमा रहेको नेपाली दूतावाससँगको समन्वयमा अघिल्लो साताबाट साप्ताहिक रूपमा राहदानी नवीकरणका फारम संकलन गरिरहेको छ ।
पहिलो चरणमा बनाएका एमआरपीको म्याद सकिन लागेपछि पासपोर्ट नवीकरण गर्नेको दूतावासमा भीड बढेको थियो । भीड बढेसँगै दूतावासका आधा दर्जन स्थानीय कर्मचारीमा एकै पटक कोरोना सङ्क्रमण भएको थियो ।
कर्मचारीमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि दूतावासले प्रत्यक्ष फारम भर्ने काम बन्द गरेर अनलाइन फारम भर्ने, कुरियर गरेर दूतावासमा पठाएको फारम पनि मान्य हुने भनेको थियो । त्यसपछि भने दूतावास भएको ठाउँ आबुधाबीभन्दा टाढा रहेका नेपालीले सहज महसुस गरे ।
तर फारम भर्ने निश्चित मापदण्ड भएकाले आम श्रमिकले सजिलै फारम भरेर दूतावाससम्म पुर्याउन सकेनन् । त्यसैले यहाँ कार्यरत धेरै नेपालीले समयमै राहदानी नवीकरण गर्न नसक्ने भएपछि नेपाल एसोसिएसनले घुम्ती सेवा सुरु गर्न तत्परता देखाएको हो ।
एसोसिएसनले ११ मार्चमा दुबईमा रहेको आफ्नै केन्द्रीय कार्यालयमा २५ जनाको पासपोर्ट नवीकरणका लागि फारम भर्ने र संकलन गर्ने काम गरेको थियो । त्यस्तै गएको शुक्रबार पनि दुबईमा रहेको एनएको कार्यालयमा १ सय १० जना नेपालीको फारम भर्ने र नवीकरणका लागि फारम दूतावाससम्म पुर्याएको थियो ।
कोरोनाका कारण दुबईबाट आबुधाबी जान झन्झटिलो हुने भएकाले एसोसिएसनले कुरियर कम्पनीसँग सम्झौता गरेर फारम दूतावाससम्म पुर्याउने गरेको एसोसिएशनका अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।
घुम्ती सेवामार्फत फारम भर्ने, प्रिन्ट गर्ने, एमआरपी फोटो खिच्ने र कागजात मिलाएर दूतावाससम्म पठाउने गरिन्छ ।
एसोसिएसनले यूएईको फूजेरा राज्यमा २६ मार्चमा, अजमानमा २ अप्रिलमा, रसअल खेमामा ९ अप्रिलमा, अलऐनमा १६ अप्रिल , सारजाह २३ अप्रिलमा घुम्ती सेवा राखिएको जनाएको छ । घुम्ति सेवामार्फत पासपोर्ट नवीकरणका लागि नागरिकताको कपी र सक्कल राहदानीसहित एमआरपी फोटोका लागि बिना कुनै मेकअप गरगहना नलगाई उपस्थित हुन अनुरोध गरेको छ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।
Dipesh
March 22, 2021, 2 p.m.सार्जाहको कुन ठाउँमा होला यो शिविर अनि समय पनि जानकारी गराउनु भए धेरै सजिलो हुने थियो ।