युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगार बोर्डको सचिवालयले शव ढुवानी र आर्थिक सहायता बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।
सचिवालयबाट प्रदान गरिँदै आएका शव ढुवानी र आर्थिक सहायता बाहेकका सेवाहरु आजदेखि अर्को सूचना जारी नहुँदासम्मको लागि बन्द गरिएको बोर्डले जनाएको छ ।
कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसँगै नेपाल सरकारले देशका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरेको छ । यस्तो अवस्थामा संक्रमणबाट जोगिन बोर्डले पनि भौतिक रुपमा उपस्थित हुनुपर्ने आफ्ना सेवाहरु बन्द गरेको हो ।
बोर्डबाट प्रदान गरिने आर्थिक सहायताका लागि आवश्यक कागजातहरु संलग्न गरी स्थानीय तहमार्फत निवेदन दिन सकिनेछ । थप जानकारीका लागि श्रम कल सेन्टर ११४१ वा बोर्ड सचिवालयको फोन नम्बर ४२२०३११ मा सम्पर्क गरेर बुझ्न सकिने बोर्डले जनाएको छ ।