युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – रोजगारीका लागि मलेसिया गएका महोत्तरीका मनोजकुमार ठाकुर सम्पर्क विहीन हुनुभएको छ ।
मलेसियामा काम गरिरहनुभएका मनोजकुमार ६ महिनाअघिदेखि परिवार र साथीभाइसँग सम्पर्कमा नभएको भन्दै बुवा रामनारायण ठाकुरले खोजिदिन आग्रह गर्नुभएको छ ।
‘काम गरिरहेको छोरो सम्पर्कमा आएन, दुई चार दिन त फोन गर्छ होला भन्ने भयो, अहिले यत्तिको समय भइसक्यो कहीँ कतै कसैसँग सम्पर्कमा छैन,’ रामनारायणले भन्नुभयो ।
आफ्नो छोरालाई कतै देख्ने कोही छन् कि भन्दै रामनारायणले गाउँबाट मलेसिया गएका जति सबैलाई आग्रह गरिसक्नुभयो तर कतैबाट पनि शुभ खबर आएको छैन ।
अहिले मलेसियामै रहनुभएका हरिकुमार मण्डलले दूतावासको समन्वयमा त्यहाँका विभिन्न जेलहरूमा खोजी गरेको बताउनुभयो ।
‘दूतावासको सहयोगमा जेलहरूमा खोजी गरेको हो तर कुनै पनि जेलमा भेटिएन, काम गर्दा गर्दैको मानिस कहाँ गयो, के भयो कसैलाई थाहा भएन,’ हरिकुमारले भन्नुभयो,‘मनोजलाई खोजिदिन गाउँबाट उसको बुवाले रातदिन हात जोर्नुहुन्छ, खोज्नका लागि हर प्रयास गरिसक्यौँ तर अहिलेसम्म कुनै पत्तो छैन ।’ एक्कासि सम्पर्क विहीन हुँदा जेलमा परेको हुनसक्ने परिवारको अनुमान थियो । तर जेलहरूमा पनि नभेटिएपछि परिवार झन् चिन्तामा परेको छ ।
सन् २०१८ मा श्रम मनोजकुमारले मलेसियाको सिमे डरबे प्लान्टेसन कम्पनीका लागि श्रम स्वीकृति लिएर जानुभएको छ । प्लान्टेसन वर्करका रूपमा जानुभएका उहाँको करार अवधि तीन वर्षको छ ।
मलेसियामा यदि मनोजकुमारलाई देख्नु या भेट्नुभएमा ६८११४००३१४५१, ६०११२६६६९०९७ अथवा ००६०१०२१८५३२२ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
Mandal Hari Kumar
May 14, 2021, 3 p.m.धेरै धेरै धन्यवाद उज्यालो अनलाइन टीम , मनोजकुमार ठाकुरको खबर पोष्ट गर्नुभएकोमा /