प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब बजेट विनियोजन, थप  २ लाख रोजगारी सृजना गरिने

 जेठ १५, २०७८ शनिबार १६:४७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आउँदो आर्थिक वर्षमा थप २ लाख रोजगारी सृजना गर्ने जनाएको छ ।

आज भएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री रोजगार पुन संरचना गरी थप दुई लाख रोजगारी सृजना गरिने बताउनुभएको छ । स्थानीय स्तरका आयोजनाहरूमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवालाई न्यूनतम सय दिनको रोजगारी दिइने छ । यसका लागि सरकारले १२ अर्ब बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया