काेशीका तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – बहराइनबाट कोमामा गएका एक नेपाली श्रमिकलाई स्वदेश पठाइएको छ ।
एक वर्षदेखि बहराइनमा कोमामा उपचाररत उनको हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत हिजो नेपाल पठाइएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
सन्२०२० मे २५ देखि बिरामी भई कोमामा उपचाररत उनको एक वर्ष अस्पतालमा उपचार गर्दा लागेको लगभग ९४ लाख रुपैयाँ अस्पतालले माफ गरिदिएपछि नेपाल पठाउन सफल भएको दूतावासले जनाएको छ ।
कोमामा गएका उनको दूतावासले परिचय खुलाएको छैन । बहराइनको सरकारी अस्पताल किङ् हमाद युनिभर्सिटी अस्पतालमा उनको उपचार गराइएको थियो । दूतावासको अनुरोधमा अस्पतालका चिकित्सक र नसै आफैँ पनि उनलाई पुर्याउन नेपाल आएका छन् ।