काेशीका तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – मलेसियामा गैर कानुनी रूपमा काम गरिरहेका नेपालीहरूलाई निश्चित जरिवाना तिरेर घर फर्कन पाउने समय थप भएको छ ।
मलेसियामा रहेको नेपाली दूतावासका अनुसार मलेसियाले गैर कानुनी श्रमिकहरूका लागि सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समय ३१ डिसेम्बर २०२१ सम्मका लागि थप भएको हो ।
यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । तर मलेसिया सरकारलाई यो कार्यक्रमको समय अवधि थपिदिन अनुरोध गरेको दूतावासले जनाएको छ ।
रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत मलेसियाले गैर कानुनी श्रमिकलाई दुई अवसर दिएको छ । पहिलो निश्चित शुल्क तिरेर स्वदेश फर्कन पाइन्छ भने दोस्रो चाहिँ पुनः मलेसियामा आफ्नो कागजात सच्याउँदै कानुनी रूपमा काम गर्न पाइन्छ ।
नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मलेसियामा धेरै सङ्ख्यामा नेपालीहरूले गैर कानुनी रूपमा काम गरिरहेका छन् । यो कार्यक्रमका बारेमा थप जानकारीका लागि मलेसियामा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ । दूतावासमा ६०३२०२०१८९८ नम्बरमा फोन गर्न सकिन्छ ।