पालिका उपचुनाव : ६२ प्रतिशतभन्दा धेरै मत खस्याे
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – इजरायल रोजगारीका १८ गते बिहानसम्म निवेदन दिएकाहरूले पुनः आफ्नो विवरण रुजु गर्नु पर्ने भएको छ ।
इजरायल रोजगारीका लागि अनलाइनमार्फत आवेदन दिने प्रणालीमा समस्या आएको र अहिले समस्या समाधान भए पनि समस्या सुरु हुनुभन्दा अघि दर्ता भएका विवरणहरू रिकभर नभएको भन्दै विभागले पुन ः विवरण रुजु गर्न निवेदकलाई अनुरोध गरेको हो ।
हिजो सोमबार बिहान १ बजेदेखि इजरायलको रोजगारीको लागि आवेदन दिने अनलाइन प्रणालीमा समस्या आएको थियो । जसका कारण निवेदन दिने प्रक्रिया नै अवरुद्ध भएको थियो । यो समस्या अहिले समाधान भएको छ ।
तर यो समस्या आउनुभन्दा अघि सम्म दर्ता भएका विवरण प्राविधिक कारणले रिकभर गर्न नसकिएको भन्दै विभागले आफ्नो यूजर आइडी(राहदानी नम्बर) र पासवर्डको प्रयोग गरी आफ्नो विवरणहरू रुजु गर्न तथा विवरण नभेटिएमा फेरि नयाँ दर्ता गर्न भनेको छ । साथै नयाँ दर्ता गर्दा प्राप्त हुने रजिस्ट्रेसन नम्बर नै निवेदकको रजिस्ट्रेसन नम्बर कायम हुने जानकारी पनि विभागले दिएको छ ।
Binod
Aug. 3, 2021, 10 p.m.निवेदन दिने अन्तिम मिति कहिलेसम्म हो ?