प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने, परराष्...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कामको लागि विदेश जानेहरुलाई विद्युतीय (क्यूआर कोड) खोप प्रमाण प्रदान गरिने भएको छ ।
विदेश जाने नेपाली नागरिकले क्यूआर कोडसहितको खोप लगाएको प्रमाण आजदेखि कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् ।
पछिल्लो समय कुवेत लगायत नेपालीहरु वैदेशिक रोजगारीमा जाने विभिन्न देशहरुले क्यूआर कोडसहितको खाेप लगाएकाे प्रमाण माग्ने गरेका छन् । यूएईले पनि क्यूआर कोडसहितको प्रमाण माग्न सक्ने भन्दै अस्ति त्यहाँ रहेको नेपाली दूतावासले क्यूआर कोडसहितको प्रमाण बोकेर आउन आग्रह गरेको छ । खोप लगाएको विद्युतीय प्रमाण नहुँदा विदेश जान समस्या भयो भन्दै श्रमिकहरुले क्यूआर कोडसहितको प्रमाण पाउँ भन्दै काठमाण्डौमा आन्दोलन पनि गरेका थिए ।
क्यूआर कोडसहितको प्रमाण दिने कार्य अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने र पूर्ण खोप लगाएका जुनसुकै व्यक्तिलाई पनि क्यूआर कोडसहितको प्रमाणपत्र उपलब्ध गराउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
Kumar babu Shrestha
Aug. 7, 2021, 5:54 p.m.Good
Prem Kumar shrestha
Aug. 5, 2021, 1:40 p.m.Online system one of the best choices for all .
Jit bahadur gole
Aug. 4, 2021, 1:54 p.m.यो कसरी सम्भव छ ?
अभिषेक
Aug. 4, 2021, 1:44 p.m.प्रत्येक जिल्लामा यस्तो सुविधा उपलब्ध गराएर स्रोत र साधनको दुरूपयोग गर्नु भन्दा, यात्रीहरू लाई विमानस्थलमै यो सुविधा उपलब्ध गराउँदा कसो होला?
Chhatra Maya Rana Magar
Aug. 4, 2021, 1:12 p.m.कुन ठाउँमा क्यु आर कोड प्रमाणीकरण गरिन्छ ??
Subash aidi
Aug. 4, 2021, 1:05 p.m.खोप लगाउन फर्म भर्नु पर्छ कि नाई ..
Kyarsingh Sarumar
Aug. 4, 2021, 12:43 p.m.राम्रो ..एकदमै महत्वपूर्ण छ यो क्यु आर कोड /
Hemraj Dhimal
Aug. 4, 2021, 12:37 p.m.कहिले चाहिं बिस्तार गर्दै जाने हो ? तपाईंहरुले त्यसो भन्दा भन्दै महिनौं लाग्छ ..यो त तत्काल गर्न पर्ने काम हो नि ...तर किन अहिले नि विस्तार गर्दै लैजाने भन्ने मै अल्झेको छ ? अनि अर्को कुरा विदेशको लागि जुन मापदण्ड, नियम कानून, खोप जस्ता कुराहरु यो महामारीमा आएको छ , यसलाई सरकारले बिदेशी सरकारले कर्मचारीको लागि माग गरेका सबै नियम पुरा गरि नेपालवाट जाने युवालाई मार्ग सहज तरिकाले खुलाईयोस , नत्र हामीलाई यहीं काम गर्न रोजगारको व्यवस्था मिलाइयोस ...म लगायत अन्य युवाको यही माग र अनुरोध रहेको छ /हामी सबै नागरिकले देखेको कुरा हो - तपाईंहरु यस्तो कुरामा होइन, कुर्सीको तानातान र खिचातानीमा भैरहेको छ , जुन यो कोभिडको घडीमा एकदमै लाजमर्दो कुरा भयो /अहिले नेपाली नागरिकलाई जीवनयापन गर्न कसरी सहज हुन्छ, कसरी गराउन सकिन्छ , यसको लागि वाटो कसरी खुलाउने भन्ने कुरा प्रति सरकारको ध्यान जावोस् /
Shunil Bhiswakarma
Aug. 4, 2021, 12:10 p.m.अब चाहिं केही हुन्छ कि मजदुरको हितमा ...
Himal khadka
Aug. 4, 2021, 12:05 p.m.यो त सबै प्रदेशमा व्यवस्था हुनुपर्ने हो ...किन काठमाण्डौमा मात्रै ? खासगरेर जिल्ला मै व्यवस्था गर्नुपर्ने हो /
Meghraj Lama
Aug. 4, 2021, 12:04 p.m.यो त धेरै राम्रो काम हो नि , जिल्ला जिल्लामा राख्नुपर्छ /
Binda Khatri
Aug. 4, 2021, 11:49 a.m.यो त एकदम राम्राे काम हो सरकार ले गरेको । तर हामीले QR code कसरी लिन सक्छौ त?? हामीले भ्याक्सिन हालेको कार्ड लिएर त्यहाँ गएर भेरीफाइ गरेपछि हाम्लाई QR code दिने हो कि के होला ?
Tsering Yangdon lama
Aug. 4, 2021, 11:45 a.m.I need a vaccine certificate
Surya bahadur chhetri
Aug. 4, 2021, 11:44 a.m.रोजगारी चाहियो /
sanjay chetri
Aug. 4, 2021, 11:43 a.m.भारतीय खोप लगाएर भारतले प्रमाणित गरेको वारकोडसहितको सर्टिफिकेटलाई केही गर्नु पर्छ ??
Shekh sartaj
Aug. 4, 2021, 11:37 a.m.मलाई कोभिड १९ को खोप चाहिन्छ /
Rabin Khanal
Aug. 4, 2021, 11:34 a.m.For me
Raja Hussain
Aug. 4, 2021, 11:33 a.m.Jonshon
जित कुमार दास
Aug. 4, 2021, 11:33 a.m.औरही