उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – गएको कार्तिक महिनामा मात्रै २३ हजार भन्दा धेरै दक्ष श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कार्तिक महिनामा मात्रै २३ हजार ४५६ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका हुन् । जसमा २१ हजार ५९१ जना पुरुष र १८ सय ६५ जना महिला रहेका छन् ।
६८ जना व्यवसायीक र १२ जना उच्च दक्ष श्रमिकले पनि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
श्रम स्वीकृति लिनेमा अर्धदक्ष श्रमिकको सङ्ख्या ४२ सय ७४ जना पुरुष र ३८५ जना महिला गरी ४६ सय ५९ जना रहेको छ ।
यस्तै, २६ हजारभन्दा धेरै अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् । २४ हजार ६९१ पुरुष र २ हजार ३२ जना महिला गरी जम्मा २६ हजार ७२३ जना अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका हुन् ।
वैदेशिक रोजगारीमा जान कार्तिक महिनामा मात्रै ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।