उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – कुवेतमा रहेकाे नेपाली दूतावासले नेपाली श्रमिकहरु कार्यरत कम्पनीकाे स्थलगत भ्रमण गरेकाे छ ।
कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा दूतावासका मिनिष्टर काउन्सेलर प्रकाशमणि पौडेल र श्रम सहचारी हेमकुमार अधिकारी समेत संलग्न रहेको टोलीले हिजाे त्यहाँकाे नेपाली श्रमिक कार्यरत कम्पनी 'ल्याण्ड मार्क'को भ्रमण गर्नुभएकाे हाे । दूतावासका अनुसार भ्रमणमा कम्पनी व्यवस्थापन तथा नेपाली कामदारसँग भेटघाट तथा छलफल गरिएकाे छ ।
कुवेतका कम्पनीमा कार्यरत नेपालीहरूको रोजगारीको अवस्था, सेवासुविधा, कार्यस्थलको भौतिक अवस्थासमेत बुझ्नु र श्रमिकहरूले थाहा पाउनै पर्ने महत्वपूर्ण विषयमा जानकारी उपलब्ध गराउनु भ्रमणकाे उद्देश्य रहेकाे दूतावासले जनाएकाे छ ।