नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
सर्लाही – प्रदेश दुईबाट वैदेशिक रोजगारीमा आबद्ध कामदारहरुले प्रदेश स्तरीय आप्रवासी हकहित सञ्जाल गठन गरेका छन् । आफ्ना हकहितका लागि १७ जना पदाधिकारीसहितकाे प्रदेश स्तरीय सञ्जाल गठन गरेका हुन् ।
वैदेशिक रोजगारीमा काम गरि नेपाल फर्केका र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको परिवारको संलग्नतामा सञ्जाल गठन गरिएको हो । वैदेशिक रोजगारीलाई शोषणरहित बनाउनु संगठनको मुख्य उद्येश्य रहेको बताइएको छ ।
यस्तै वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सुसूचित गर्ने, ठगी तथा समस्यामा परेका प्रवासी नेपालीहरुलाई न्यायमा पहुँच, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित र उपलब्धिमूलक बनाउन सञ्जाल गठन गरिएको हो ।
प्रदेश नं.२ का ८ वटै जिल्लाका प्रतिनिधिहरुको सक्रियतामा देहाय बमोजिम समिति चयन गरिएको छ ।