अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा ची...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – विद्युतीय राहदानी (ई-पासपाेर्ट) बनाउन अत्यावश्य भएकाहरुलाई त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र काठमाण्डौका विभिन्न तीन स्थानबाट प्राप्त गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय, ललितपुर र नारायणी दरबार परिसरमा गएर अत्यावश्यक भएकाहरुले परिचयपत्र बनाउन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
नेपाल सरकारले मंसिर १ गतेदेखि ई पासपोर्ट वितरण सुरु गरेसँगै त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र बनाउनेहरुको काठमाण्डौमा भिडभाड बढेको भन्दै विभागले यी स्थान तोकेको हो । वाग्मती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट परिचयपत्र बनाउन आग्रह गरिएको छ । यस्तै ललितपुर जिल्ला, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका सबै अत्यावश्यक सेवाग्राहीहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीलाई नारायणी दरबार परिसर तोकिएको छ ।
आउँदो आइतबारदेखि यी स्थानबाट सेवा लिन सकिने विभागले जनाएको छ । राहदानी विभागबाट सबै जिल्ला प्रशासन कार्यालय तथा इलाका कार्यालयबाट सेवा विस्तार नगरुञ्जेलसम्मको लागि यो व्यवस्था गरिएको हो ।
अहिले पनि ७७ वटै जिल्ला प्रशासन कार्यलय र १७ वटा इलाका प्रशासन कार्यालय र नाराणहिटी दरबारमा रहेका स्टेशनहरुबाट परिचयपत्र लिन सकिन्छ । तर ई पासपोर्ट बनाउन अत्यावश्यक भएकाहरुलाई सहज होस् भनेर विभागले यी स्थान तोकेको हो । अहिले ई पासपोर्ट काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग र काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाबाट वितरण भइरहेको छ ।
Sadan gurung
Jan. 7, 2022, 11:54 a.m.नमस्कार , म सदन गुरुङ / मेरो पासपोर्टको मिति सकिन लागेको छ , एक महिना मात्र बाँकी छ / यहाँ इलाममा पासपोर्ट खुलेको छैन , इमर्जेन्सी छ ...के के कागजात चाहिन्छ ?
Nirmaya Tamang Lama
Dec. 24, 2021, 7:01 p.m.नमस्ते मेरो पासपोर्ट हराएकोले मलाई नयाँ पासपोर्ट चाहिएको छ ! पासपोर्टको लागि परिचयपत्र चाहिदो रहेछ, मैले बनाएको छैन कहाँ गएर परिचय पत्र बनाउने हाे , थाहा छैन?
Posh bahadur karki
Dec. 24, 2021, 11:41 a.m.नमस्कार मेरो घर रामेछाप हो तर म काठमाडौ बस्छु।मेरो पासपोर्ट को म्याद सकियो।मैले यो रास्ट्रीय परिचयपत्र बनाउन रामेछाप नै जानू पर्छ कि? एहि काठमाडौ बाट हुन्छ ।जानकारी पाए अभारी हुने थिय।
Neha Shah
Dec. 24, 2021, 10:23 a.m.I want to make my passport for my upcoming process for going abroad for further studies.
Gokarna Timalsina
Dec. 24, 2021, 8:05 a.m.E passport